लकडाउनका कारण साङ्घाईमा खाद्यान्न अभाव « Khabarhub

लकडाउनका कारण साङ्घाईमा खाद्यान्न अभाव


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका कारण चीनको व्यापारिक केन्द्र साङ्घाईमा खाद्यान्न अभाव देखिएको छ ।

बढ्दो कोभिड १९ संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण स्थानीयहरुको खाद्यान्न सकिदै गएको बीबीसीले जनाएको छ । बिहीबारमात्रै साङ्घाईमा २० हजार भन्दा धेरै संक्रमित फेला परेका थिए ।

२ करोड ५० लाख जनसंख्या रहेको साङ्घाईमा अनिश्चितकालसम्मका लागि लकडाउनको घोषणा गरेसँगै शहरको खाद्यान्न आपूर्ति व्यवस्थामा असर पुगेको जनाइएको छ ।

‘कृपया अपर्याप्त आपूर्ति क्षमताबाट उत्पन्न समस्या समाधान गर्नुहोला ।’ चिनियाँ सामाजिक सञ्जाल वेइबोमा सरकारले जारी गरेको भिडियोमा एकजनाले प्रतिक्रिया दिएका छन् । ‘जीवनै मै पहिलोपल्ट म भोकै भएँ ।’ सामाजिक सञ्जालमा अर्का एक जनाको टिप्पणी छ ।

खाद्यान्न डेलिभरी गर्नेहरु पनि लकडाउन भएको क्षेत्रमा फसेका कारण यस्तो अवस्था उत्पन्न भएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीहरूले शहरमा लकडाउनका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै कठिनाइको समाधान गर्न आफूहरू लागि परेको जनाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : ४९ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी