विश्व बैंकद्वारा अफगानिस्तानमा चार परियोजना स्थगित « Khabarhub

विश्व बैंकद्वारा अफगानिस्तानमा चार परियोजना स्थगित


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बैंकले अफगानिस्तानमा सञ्चालित चार परियोजनाका काम स्थगित गरेको छ । ६० करोड डलर बराबरका चार परियोजनाहरु विश्व बैंकले स्थगित गरेको अफगानिस्तानको समाचार संस्था खामा प्रेसले जनाएको हो ।

अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फण्ड एआरटिएफ नामक कोषद्वारा सञ्चालित परियोजनाहरू कृषि, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा केन्द्रित रहेको बताइएको छ ।

विश्व बैंकले महिला शिक्षामा अफगानिस्तानको शासन चलाइरहेको तालिबान उदासिन देखिएको भन्दै ती परियोजनाहरू स्थगित गरिएको जनाइएको छ ।

समान अवसर र महिलाको समान सहभागिता नभइ ती परियोजनाहरु अघि बढ्न नसक्ने विश्व बैंकको भनाइ छ । बैंकले एआरटिएफका दाताहरुलाई अफगानिस्तानको वर्तमान अवस्थाबारे थप बुझ्न बाँकी रहेकाले केही समय पर्खन आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : २५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर