कोरोना भाइरसका कारण चीनको आर्थिक सूचकांक नकारात्मक « Khabarhub

कोरोना भाइरसका कारण चीनको आर्थिक सूचकांक नकारात्मक


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका संक्रमित बढेसँगै चीनको सेवा तथा उत्पादन क्षेत्रको वृद्धिमा नकारात्मक असर परेको देखिएको छ ।

चीनको तथ्यांक ब्युरोले सार्वजनिक गरेको सूचकांक अनुसार मार्च महिनामा उत्पादनमूलक क्षेत्रमा चीनको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ४९.५ पुगेको छ । फेब्रुअरी महिनामा उत्पादनमूलक क्षेत्रको पीएमआई ५०.२ थियो ।

त्यस्तै, गैर उत्पादनमूलक क्षेत्रको पीएमआई भने मार्च महिनामा ४८.४ पुगेको जनाइएको छ । फेब्रुअरी महिनामा गैर उत्पादनमूलक क्षेत्रको पीएमआई ५१.६ रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

५० भन्दा बढी पीएमआई सूचकांकले उक्त क्षेत्रको विस्तार भएको देखाउने तथा सोभन्दा कमले सङ्कुचन देखाउने बताइएको छ । पछिल्लो समय सन् २०२० को फेब्रुअरी महिनामा उत्पादनमूलक एवम् गैर उत्पादनमूलक गरी दुबै क्षेत्रको सूचकांक ५० भन्दा कम थियो ।

पछिल्लो समय शून्य कोभिड नीतिअनुसार चीनले वित्तीय केन्द्र साङ्घाईसहित विभिन्न शहरहरुमा लकडाउन घोषणा गरेको छ । यसकारण भविष्यमा चीनको आर्थिक सूचकांक अझ तल झर्नसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : ३८ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो