काठमाडौं– कोरोना भाइरसका संक्रमित बढेसँगै चीनको सेवा तथा उत्पादन क्षेत्रको वृद्धिमा नकारात्मक असर परेको देखिएको छ ।
चीनको तथ्यांक ब्युरोले सार्वजनिक गरेको सूचकांक अनुसार मार्च महिनामा उत्पादनमूलक क्षेत्रमा चीनको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ४९.५ पुगेको छ । फेब्रुअरी महिनामा उत्पादनमूलक क्षेत्रको पीएमआई ५०.२ थियो ।
त्यस्तै, गैर उत्पादनमूलक क्षेत्रको पीएमआई भने मार्च महिनामा ४८.४ पुगेको जनाइएको छ । फेब्रुअरी महिनामा गैर उत्पादनमूलक क्षेत्रको पीएमआई ५१.६ रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
५० भन्दा बढी पीएमआई सूचकांकले उक्त क्षेत्रको विस्तार भएको देखाउने तथा सोभन्दा कमले सङ्कुचन देखाउने बताइएको छ । पछिल्लो समय सन् २०२० को फेब्रुअरी महिनामा उत्पादनमूलक एवम् गैर उत्पादनमूलक गरी दुबै क्षेत्रको सूचकांक ५० भन्दा कम थियो ।
पछिल्लो समय शून्य कोभिड नीतिअनुसार चीनले वित्तीय केन्द्र साङ्घाईसहित विभिन्न शहरहरुमा लकडाउन घोषणा गरेको छ । यसकारण भविष्यमा चीनको आर्थिक सूचकांक अझ तल झर्नसक्ने जनाइएको छ ।
प्रतिक्रिया