‘केजीएफ : च्याप्टर २’ मा यशसँगै प्रभास पनि « Khabarhub

‘केजीएफ : च्याप्टर २’ मा यशसँगै प्रभास पनि


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कन्नडा फिल्म ‘केजीएफ’ मा यशसँगै दर्शकले प्रभासलाई पनि हेर्न पाउने भएका छन् । पछिल्लो समय साउथ इन्डियन फिल्मबाट सर्वाधिक चर्चामा रहेका दुई अभिनेतालाई एउटै फिल्ममा भने हेर्न पाइने होइन

। यश अभिनीत प्रतिक्षित फिल्म ‘केजीएफ : च्याप्टर २’ मा प्रभासको आउँदो फिल्म ‘सलार’ को टिजर जोडिने भएको छ । दुबै फिल्मको निर्माण कम्पनि र निर्देशक प्रशान्त नील रहेकाले ‘सलार’ को प्रमोशनको सुरुवात केजीएफको सिक्वेलसँगै गर्न लागेको निर्माण पक्षले बताएका छन् ।

पछिल्लो फिल्म ‘राधेश्याम’ को असफलता पश्चात प्रभासलाई प्रशान्त विशेष तरिकाले दर्शक सामु ल्याउन चाहन्छन्। यसैले गर्दा पनि उनले केजीएफको सिक्वेलमा टिजर जोड्ने निर्णय लिएका हुन् । ‘सलार’ प्रभासको प्रतिक्षित फिल्मको लिस्टमा छ । यसमा उनलाई एक्सन अवतारमा निर्देशक प्रशान्तले प्रस्तुत गरेका छन् । फिल्ममा प्रभाससँगै श्रुति हसनको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै