‘केजीएफ : च्याप्टर २’ मा यशसँगै प्रभास पनि « Khabarhub

‘केजीएफ : च्याप्टर २’ मा यशसँगै प्रभास पनि


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कन्नडा फिल्म ‘केजीएफ’ मा यशसँगै दर्शकले प्रभासलाई पनि हेर्न पाउने भएका छन् । पछिल्लो समय साउथ इन्डियन फिल्मबाट सर्वाधिक चर्चामा रहेका दुई अभिनेतालाई एउटै फिल्ममा भने हेर्न पाइने होइन

। यश अभिनीत प्रतिक्षित फिल्म ‘केजीएफ : च्याप्टर २’ मा प्रभासको आउँदो फिल्म ‘सलार’ को टिजर जोडिने भएको छ । दुबै फिल्मको निर्माण कम्पनि र निर्देशक प्रशान्त नील रहेकाले ‘सलार’ को प्रमोशनको सुरुवात केजीएफको सिक्वेलसँगै गर्न लागेको निर्माण पक्षले बताएका छन् ।

पछिल्लो फिल्म ‘राधेश्याम’ को असफलता पश्चात प्रभासलाई प्रशान्त विशेष तरिकाले दर्शक सामु ल्याउन चाहन्छन्। यसैले गर्दा पनि उनले केजीएफको सिक्वेलमा टिजर जोड्ने निर्णय लिएका हुन् । ‘सलार’ प्रभासको प्रतिक्षित फिल्मको लिस्टमा छ । यसमा उनलाई एक्सन अवतारमा निर्देशक प्रशान्तले प्रस्तुत गरेका छन् । फिल्ममा प्रभाससँगै श्रुति हसनको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ०० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी