साजिदले छाडे सलमानको साथ « Khabarhub

साजिदले छाडे सलमानको साथ


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् ।

उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै काम समेत गरेका छन् । यद्यपि दुई मिल्ने साथी हुन् । पछिल्लो समय यी दुईको सहकार्य कभी इद कभी दिवालीमा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जाल मार्फत यसको बारेमा जानकारी समेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रुपमा साजिद नरहने भएका छन् ।

पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्सअफिसमा खराब कलेक्सन गरेपछि उनी केही समय निर्माणबाट टाढिएका छन् । बलिउड हंगामाका अनुसार साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन् । र, ठूला बजेटका फिल्महरू गर्ने पक्षमा छैनन् । यद्यपि सलमान फिल्मको छायांकन छिटै गर्न चाहन्छन् । केही समय अगाडी नेपालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग कुराकानी गर्दा पनि सलमानले आफ्नो फिल्म कभी इद कभी दिवाली छिटै छायांकन हुने बताएका थिए ।

साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिएका छन्। यो फिल्म अब सलमान खान फिल्म्सको व्यानरमा बन्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ३० बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,