संसद् विघटन गर्ने इमरान खानको निर्णय पाकिस्तानी सर्वोच्चद्वारा बदर | Khabarhub Khabarhub

संसद् विघटन गर्ने इमरान खानको निर्णय पाकिस्तानी सर्वोच्चद्वारा बदर


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको संसद भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश उमर अता बन्दियालसहित ५ न्यायाधीश सम्मिलित इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय पनि बदर गरिदिएको हो ।

सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कसिम खान सुरीको रुलिङलाई पनि ‘असंवैधानिक’ भनेको छ ।

अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ बदर गरी यो प्रस्तावमा शनिबार मतदान गर्न पनि आदेश दिएको छ ।

अदालतले संसद् पुनर्वहाली गर्दै प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा आगामी शनिबार मतदान गर्नसमेत आदेश दिएको छ ।

यसअघि गत आइतबार पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले प्रधानमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पाकिस्तानी संविधानको धारा ५ का

आधारमा खारेज गरिएको जनाएका थिए । सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

त्यस लगत्तै प्रधानमन्त्री खानले संसद् भंग गर्न गरेको प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री खानले गोप्य रूपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

पाकिस्तानी सेनाले सरकार बर्खास्त गर्ने कुनै विदेश षड्यन्त्र फेला नपरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ९ : ३७ बजे

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने 

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली साउन १३ गते कैलाली आउने भएका

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

गण्डकी– पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म

कोशी सरकारको उपलब्धि- ८१ प्रतिशत वित्तीय प्रगति, राजस्व पनि ७.६ प्रतिशतले बढ्यो

विराटनगर- संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी

हरिद्वारमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्ड राज्यस्थित तीर्थस्थल हरिद्वारामा पर्ने मानसादेवी मन्दिरमा भागदौड

विप्लव र शंकर पोखरेलबीच भेटवार्ता

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा अलपत्र परेको अवस्थामा