संसद् विघटन गर्ने इमरान खानको निर्णय पाकिस्तानी सर्वोच्चद्वारा बदर « Khabarhub

संसद् विघटन गर्ने इमरान खानको निर्णय पाकिस्तानी सर्वोच्चद्वारा बदर


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको संसद भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश उमर अता बन्दियालसहित ५ न्यायाधीश सम्मिलित इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय पनि बदर गरिदिएको हो ।

सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कसिम खान सुरीको रुलिङलाई पनि ‘असंवैधानिक’ भनेको छ ।

अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ बदर गरी यो प्रस्तावमा शनिबार मतदान गर्न पनि आदेश दिएको छ ।

अदालतले संसद् पुनर्वहाली गर्दै प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा आगामी शनिबार मतदान गर्नसमेत आदेश दिएको छ ।

यसअघि गत आइतबार पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले प्रधानमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पाकिस्तानी संविधानको धारा ५ का

आधारमा खारेज गरिएको जनाएका थिए । सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

त्यस लगत्तै प्रधानमन्त्री खानले संसद् भंग गर्न गरेको प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री खानले गोप्य रूपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

पाकिस्तानी सेनाले सरकार बर्खास्त गर्ने कुनै विदेश षड्यन्त्र फेला नपरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ९ : ३७ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।