राजावादी र एमाले संविधान उल्ट्याउने कसरतमा छन्: प्रचण्ड « Khabarhub

राजावादी र एमाले संविधान उल्ट्याउने कसरतमा छन्: प्रचण्ड


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा नलिन अनुरोध गरेका छन् ।

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारको रक्षा गर्ने र थप अधिकारका लागि लडाइँ लड्ने अभियान भएको बताए ।

अहिले पनि राजावादी शक्तिहरू एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उनले बताए ।

केपी ओली प्रधानमन्त्री रहेका बेला दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रतिगामीहरू संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे ।

‘अहिले पनि पूर्व राजावादीहरू, जो आज पनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरू यो संविधान उल्टाउने कसरतमा छन्’ उनले भने ‘त्यसैले यो निर्वाचन नेपालीहरूको आत्म सम्मानको रक्षा गर्ने, प्रतिकृयावादीहरूलाई पररास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने ? या प्रतिकृयावादीलाई छोडदिने भन्ने लडाइँ हो’ अध्यक्ष प्रचण्डले भने ।

माओवादीकै कारण देश यहाँसम्म आइपुगेको उनले जिकिर गरे । उनले भने, ‘त्यस कारण मैले जनयुद्ध, १२ बुँदे सम्झौता, शान्तिसम्झौता, संघीय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मेरो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँसम्म नेपाल आइपुगेको छ ।’

अहिले आफू प्रतिकृयावादीहरूका लागि घाटीमा अल्झेको हाडजस्तै भएको भन्दै आफ्नो चरित्र हत्यामा उत्रिएको बताए । उनले भने, ‘अहिले माओवादी केन्द्र, त्यसको नेतृत्व मूख्यतः प्रचण्ड प्रतिकृयावादीहरूका लागि बडो गाह्रो परेको छ । उनीहरू अहिले पनि कसरी माओवादीलाई खुम्च्याउन सकिन्छ ? प्रचण्डलाई घेरा हाल्न सहिन्छ होला भनेर लागिरहेका छन् ? त्यसैले उनीहरू भए नभएको कुरा गरेर मलाई ‘ह्यूमिलेट’ गर्न खोजी रहेको छ ।’

उनले ओली मधेश विरोधी भएको बताए । उनले केपी ओलीकै कारण संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको दाबी गरे ।
‘मैले अध्यादेशबाटै भएपनि नागरिकता विधेयक ल्याएर सधैँको लागि नागरिकताको समस्या समाधान गरौँ भने, तर अदालतले संसदबाट नै नागरिकता विधेयक पारित गर्नु भन्ने आदेश दिएकाले गर्न सकिएन । आज नेकपा एमालले संसदलाई बन्धक बनाएर राखेको छ’उनले भने ।

अध्यक्ष प्रचण्डले नागरिकता भएका व्यक्तिको सन्तानले नागरिकता नपाउनु भनेको दुखद विषय भएको भन्दै चाँडै सदनबाटै नागरिकता विधेयक पास हुने बताए ।

उद्घाटन कार्यक्रममा शिक्षा तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव, मधेश प्रदेशका आन्तरिक मामिला तथा सूचना मन्त्री भरतप्रसाद साहलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : ४१ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच