एसियाली खेलकुद : पहिलो दिन तेक्वान्दोका २४ खेलाडी छनोट « Khabarhub

एसियाली खेलकुद : पहिलो दिन तेक्वान्दोका २४ खेलाडी छनोट


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् ।

विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताको महिला ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का पहिलो, लुम्बिनी प्रदेशकी निलिमा मल्ल दोश्रो तथा एपीएफकी गीता विष्ट र नेपाल प्रहरीकी आयशा लामा तेश्रो भए ।

६७ केजीमुनि नेपाल आर्मीकी रेष्मा थापा पहिलो, एपीएफकी संगिता बस्याल दोश्रो तथा बाग्मती प्रदेशकी शारुन गुरुङ र प्रहरीकी इन्दिरा बसनेत तेश्रो बने । ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो, बाग्मतीकी सदीक्षा कार्की दोश्रो तथा बाग्मतीकी रोशनी श्रेष्ठ र प्रहरीकी अन्जली तामाङले तेश्रो स्थान हात पारे ।

५७ केजीमुनि आर्मीकी सन्ध्याकुमारी सिंह प्रथम, प्रहरीकी सुष्मा श्रेष्ठ द्वितीय तथा प्रहरीकी सुस्मिता मोक्तान र बाग्मतीकी सामना खड्गीले तेश्रो स्थान हासिल गरे ।

पुरुष ५८ केजीमुनि सुदूरपश्चिम प्रदेशका सुमित विष्ट पहिलो, प्रहरीका सुवासचन्द्र बोहरा दोश्रो तथा आर्मीका राहुल कुमाल र विशाल राई तेश्रो भए । ८० केजीमुनि आर्मीका सागर गुभाजु पहिलो, आर्मीका सुवास केसी दोश्रो तथा आर्मीका किरण आले र प्रहरीका कवि अधिकारी तेश्रो भए ।

छनोटको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अवलोकन गरेका थिए । प्रतियोगितामा एकल पुम्सेसहित ११ स्पर्धा समावेश छन् । बाँकी ५ स्पर्धा छनोट प्रतियोगिताको अन्तिम दिन शनिबार हुने छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ३१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग