चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे | Khabarhub Khabarhub

चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिव्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

अटेरीले सुरुमा लौरो चिन्ह रोजेको थियो । तर,  आयोगको निर्देशिका अनुसार स्वतन्त्र उम्मेदवारको संख्याका आधारमा कोटा छुट्ट्याइएको र सोही सीटबाट रोज्नुपर्नेमा उनीहरुले मतपत्रमा भएकामध्ये सबैबाट लौरो छानेका थिए । आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोली निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।

उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’