जसपाको चुनावी अभियान : अध्यक्षद्वय बाबुराम र उपेन्द्र गृह जिल्लामै केन्द्रित « Khabarhub

जसपाको चुनावी अभियान : अध्यक्षद्वय बाबुराम र उपेन्द्र गृह जिल्लामै केन्द्रित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् ।

आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् ।

‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पालुङटार –६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्‍वीटरमा लेखेका छन् ।  उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताएका छन् ।

यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा छन् । जसपा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराई सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी भएका छैनन् । जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३० बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’