धनुषा पुगेर प्रचण्डले भने- ‘नागरिकताका समस्या समाधान गर्न पहल गर्छु’ « Khabarhub

धनुषा पुगेर प्रचण्डले भने- ‘नागरिकताका समस्या समाधान गर्न पहल गर्छु’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् ।

धनुषाको धल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका कारण नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए ।

अब संसद् सुरु भए लगत्तै अवरोध जारी नै रहे पनि नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गरिने आश्वासन दिए । आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि प्रयास गर्दासमेत एमालेले गर्न नदिएको आरोप लगाए ।

‘अहिलेको लडाइँ परिवर्तनविरोधी र परिवर्तनकारी शक्तिबीचको लडाइँ हो।’, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघठन गरेपछि आफूहरु गठबन्धन गर्न बाध्य भएको प्रचण्डको भनाइ थियो ।

त्यसअघि उनले मिथिला विहारी नगरपालिकाको मिथिलेश्वरमा रहेको जनयुद्धका सहिद चन्देश्वर मण्डलको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ०१ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’