नेपाललाई जिम्बाब्वे ‘ए’द्धारा ८८ रनको लक्ष्य « Khabarhub

नेपाललाई जिम्बाब्वे ‘ए’द्धारा ८८ रनको लक्ष्य


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकदिवसिय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ले ८८ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा जिम्बाब्वे ए ३१ ओभर ५ बलमा समेटिएको हो ।

जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।

शुक्रबार भएको दोस्रो एक दिवसीय खेलमा नेपाल जिम्बाब्वे एसँग ३ विकेटले पराजित गरेको थियो ।

यसअघि भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ३७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा