पुरानो गीतमा नयाँ स्वाद ‘छ भनुँ की छैन भनुँ’ | Khabarhub Khabarhub

पुरानो गीतमा नयाँ स्वाद ‘छ भनुँ की छैन भनुँ’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक सचिन रौनियारले गीत ‘छ भनुँ की छैन भनुँ’ को भिडियो दर्शकमाझ ल्याएका छन् । 

काठमाडौँमा एक समारोहकाबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरूबाट सार्वजनिक गरियो । यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको हो । कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा बियोगान्त कथा छ । यस अघि कैयौं भिडियोमा नृत्य प्रस्तुत गर्दै आएका आश्मा र सरोज यसपटक नृत्यबाट निकै पर हटेर यस भिडियोमा ससक्त अभिनयमा प्रस्तुत भएका छन् । 

नृत्य कलाकारको रुपमा आफूहरूलाई हेरेर पनि यो गीतबाट दर्शकले आफूहरूको मूल्यांकन पूर्ण कलाकारको रुपमा गर्ने विश्वास आश्माले कार्यक्रममा व्यक्त गरिन् । यस्तै अभिनेता मोडल सरोज अधिकारीले आफूहरू नृत्य जस्तै अभिनयबाट पनि दर्शकको मन जित्न सक्छौँ भन्ने कुरालाई पुष्टि गर्न पनि यो गीतमा अभिनय गरेको बताए । गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गरेका हुन् । भिडियोमा संकल्प भुजेलको छायांकनसुरज अधिकारीको सम्पादन रहेको छ । 

सचिनकै स्वरमा २३ वर्ष अघि रेकर्ड भएर श्रोता माझ आएको यो गीतलाई अहिले फेरी उनकै स्वरमा रेकर्ड गरिएको हो । पुन संगीत संयोजन गरेर यो गीतलाई रेकर्ड गरिएको यसका संगीतकार न्ह्यु बज्राचार्यले कार्यक्रममा बताए । यो गीतलाई अहिले प्रकाश मिश्रले मिक्सिङ र अजय कार्कीले रेकर्डिङ गरेका हुन् । 

सो गीतबारे बोल्दै बज्राचार्यले भने,‘अहिले गम्भिर भावको गीत के चल्ला  जस्तो लागेको थियो । तर यो गीत पुन रेकर्ड गरेर भिडियो बनाएपछि यती राम्रो भयो की सबैले मन पराउनु भएको छ ।’अग्रज गीतकार भिम विरागले लेखेको यो गीतको संगीत आफूले १० मिनटमै त्यतिबेला ट्युनिङ गरेको पनि उनले सुनाए ।

तीन दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय सचिनले यो गीतको बारेमा भने,‘ हुन त म सँग डान्सिङ प्याटनको रोमान्टिक नयाँ गीत थियो, तर पनि सरोज र आस्माले यो गीत सुनेपछि यसमै भिडियो बनाउने चाहना व्यक्त गरे ।’ 

सोही कारण २३ वर्षपछि यो गीतलाई पुन संगीत संयोजन र रेकर्डिङ गरेर श्रोतामाझ ल्याएको गायक रौनियारले बताए । गीतको भिडियो रिलिज समारोहमा बोल्दै अग्रज गायक संजय श्रेष्ठले धेरै अघि सुनेको यो गीत अहिले फेरी रेकर्ड भएर आउँदा अझ मिठो बनेको बताए । गायनमा सचिनले दिएको निरन्तरता लोभलाग्दो भएको उनले प्रकाश पारे ।

सो समारोहमा सँगीतकार शुभ बहादुर सुनाम, ड्रमर देव राना, गायिकाद्वय सुक्मित गुरुङ, देविका बन्दना, नायिकाद्वय शनी रौनियार, रोशनी केसी, गायकहरू जेम्स प्रधान, गणेश थापा, सुनिल उप्रेती, कविन्द्र श्रेष्ठ, शशी गुरुङ, फिल्म निर्देशक मिलन चाम्स, सुब्रतराज आचार्य, एरेन्जर भुपेन्द्र बज्राचार्यलगायतका विभिन्न अतिथिहरू थिए । 

गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले गायक सचिन रौनियारको गायन यात्राबारे कार्यक्रममा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ३६ बजे

कांग्रेससँग घम्साघम्सीपछि रणनीति बनाउँदै सत्ता पक्षका शीर्ष नेताहरू

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच

कांग्रेसले भन्यो : सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज

गृहमन्त्रीलाई बाटो छाडेकी उपसभामुखको आशनअगाडि जब धनराज उभिए…

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच

अर्थसंक्षेप : सुनको मूल्यमा नयाँ रेकर्डदेखि, भियतनामी बिमान चाटर्ड गरेर नेपाल घुम्न आएसम्म

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको

नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स