गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धाको बजारमा ल्याउनुपर्छ : मन्त्री कार्की « Khabarhub

गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धाको बजारमा ल्याउनुपर्छ : मन्त्री कार्की


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रूपान्तरण गरिनुपर्ने आवश्यकता औँल्याए । 

गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज रूपान्तरणमा यसको भूमिका छ भन्ने पाठक वर्गमा विश्वास दिलाउन आग्रह गरे । 

सञ्चारमन्त्री कार्कीले गोरखापत्र सरकारको पत्रिका नभई नेपाली जनताको पत्रिकाको रुपमा कसरी विकसित गर्न सकिन्छ, त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी छ भने। उनले भने, ‘गोरखापत्रलाई स्मार्ट यात्रामा लैजाने भनिएको छ । स्मार्ट यात्रा प्रकाशकीयमा लेखेर, भाषण गरेर र दस्तावेज बनाएर मात्रै पूरा हँदैन । त्यसलाई व्यावहारिक रुपमा उतार्न सरकार साथमा छ, कर्मचारीहरू जिम्मेवारपूर्वक लाग्नुस् ।’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले पत्रकारिता जगतको समस्या र अवसरबारे वर्तमान सरकार सजग र जानकार रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निष्ठापूर्वक र दृढताका साथ रक्षा गर्न यसको पक्षमा उभिने विश्वास व्यक्त गरे । 

उनले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई दक्षिण एशियाकै उत्कृष्ट रुपमा विकसित र मर्यादित गर्न सबै पत्रकारहरूलाई आग्रह गरे । देशकै पहिलो अखबार गोरखापत्र पत्रिकामा मात्र नभएर एउटा गौरवशाली संस्था पनि रहेको भन्दै मन्त्री कार्कीले अब गोरखापत्रलाई कसरी अघि बढाउने भन्ने विषयको बहस प्रारम्भ भएको उल्लेख गरे । ‘एशियामा विरलै पाइन्छ । यति लामो समयसम्म अभिछिन्न रुपले निरन्तर प्रकाशित हुने गोरखापत्र । गोरखापत्र गौरवको संस्थामात्र नभई यो प्रतिष्ठानको पाठशालाको रुपमा समाजले बुझेको छ । समृद्ध साहित्य र भाषिक विविधताको धरोहरका रुपमा समाजले स्वीकारेको र इतिहासका धेरै कालखण्डमा गोरखापत्र हिमालजस्तै अटल उभिएको छ’ , उनले भने ।

सञ्चारमन्त्री कार्कीले नियन्त्रित समाज र खुला समाज दुवैको साक्षी बनेको गोरखापत्रले आफ्नो लामो कालखण्डमा धेरै आरोहअवरोह पार गरेको चर्चा गर्दै गोरखापत्र नेपालको राजनीतिका, सामाजिक तथा सांस्कृतिक परिवर्तनको एक साक्षी हो भनेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : २३ बजे

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन गर्ने

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा