स्थानीय तह निर्वाचनमा लमजुङमा दुई हजार सुरक्षाकर्मी खटाइयो « Khabarhub

स्थानीय तह निर्वाचनमा लमजुङमा दुई हजार सुरक्षाकर्मी खटाइयो


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तह निर्वाचनका लागी लमजुङमा २ हजार ४ सय ७२ जना सुरक्षाकर्मी खटाइएको छ ।

 निर्वाचन कार्यालय लमजुङका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी म्यादी प्रहरी गरी लमजुङमा २ हजार ४ सय ७२ सुरक्षाकर्मी  परिचालन हुनेछन् । कर्मचारी र सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जनशक्ति परिचालन हुने भएको हो ।

८ सय ९५ कर्मचारी र दुई हजार चार सय ७२ सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताए । 

निर्वाचनका लागि निजामती कर्मचारी, शिक्षकहरू परिचालन हुँदै छन् । निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरेर सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : १४ बजे

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन गर्ने

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा