आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित « Khabarhub

आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौँ जित निकालेको छ ।

जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन बनाए । यस्तै, देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले समान ३१ रन बनाउँदा जस बटलरले ३० रन बनाए ।

पन्जाबका अर्शदीप सिंहले २ विकेट तथा कागिसो रबाडा र ऋषि धवनले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो ।

पन्जाबका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ५६ रन बनाए । यस्तै जितेश शर्माले ३८ रन बनाउँदा भानुका राजपक्षे २७ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले ३ विकेट लिए । यस्तै प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।

जितसँगै राजस्थान ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंक सहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ९ : १० बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप