विराटनगरले गौरवशाली इतिहास पुन:स्थापित गर्नेछ : ओली « Khabarhub

विराटनगरले गौरवशाली इतिहास पुन:स्थापित गर्नेछ : ओली


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् ।

एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

राजनीतिक रूपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उनले भने, “सही ढङ्गले विकास गर्ने जनप्रतिनिधि नहुँदा मुलुक अधोगतिमा जानेछ ।” आफ्नो तीनवर्षे शासनकालमा मधेशमा हुलाकी सडक, शिक्षाबाट वञ्चितलाई भर्ना अभियान सञ्चालन गरेको स्मरण गराउँदै उनले भने, “मधेशमा आगामी दुई वर्षमा एक लाख ८५ हजार बिघा जग्गा सिँचाइ हुने सुनकोसी मरिन ड्राइभ निर्माण, ज्येष्ठ नागरिक भत्ता, विद्युत्भार कटौतीको अन्त्य जस्ता कार्य गरेको छु ।”

पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको आरोपसमेत लगाए । उनले जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारहरूले अत्यधिक सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले चेतनाको आन्दोलनको नेतृत्व गरेको विराटनगर महानगरपालिकादेखि आसपासका क्षेत्रमा पनि विजयी हुने दाबी गरे ।

सभामा एमालेबाट महानगरका प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्कीलगायतले विराटनगरलाई दोस्रो ठूलो सहर बनाउने सङ्कल्पमा निजी क्षेत्रको सहयोग लिने भन्दै यो क्षेत्रको विकास गरी आर्थिक क्षेत्रको चलायमन बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३४ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः