संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : सृजना सिंह « Khabarhub

संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : सृजना सिंह


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सृजना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताएकी छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज गरेको चुनावी सभामा उनले आफूले अगाडि सारेको सात सङ्कल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताइन् ।

“म गर्न नसक्ने ठूला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको सङ्कल्प पूरा गर्छु”, उनले भनिन् । उनले काठमाडौँको प्रमुख समस्या फोहोर व्यवस्थापन भएको बताउँदै फोहोरको सफल व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले महानगरभित्रका कार्यालय विभिन्न स्थानमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदै प्रविधिको माध्यमबाट घरघरबाट सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताइन् ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी निर्माण आफ्नो मुख्य अभियान रहेको पनि बताइन् ।

कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोलले काठमाडौँको प्रमुखमा कांग्रेसले महिलालाई उम्मेदवार बनाएर देशभरका महिलाको सम्मान गरेको बताए ।

कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्षका उम्मेदवार ख्यामराज तिवारीले ठमेलदेखि नयाँ बसपार्क क्षेत्रको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रह गरेका थिए ।

कांग्रेसले महिलालाई काठमाडौँको प्रमुखको उम्मेदवार बनाएर राम्रो कामको सुरुआत गरेको भन्दै उनले घर व्यवस्थापन गर्ने महिलाले महानगरको कुशल व्यवस्थापन गर्ने दाबी गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : २१ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट