संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : सृजना सिंह « Khabarhub

संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : सृजना सिंह


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सृजना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताएकी छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज गरेको चुनावी सभामा उनले आफूले अगाडि सारेको सात सङ्कल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताइन् ।

“म गर्न नसक्ने ठूला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको सङ्कल्प पूरा गर्छु”, उनले भनिन् । उनले काठमाडौँको प्रमुख समस्या फोहोर व्यवस्थापन भएको बताउँदै फोहोरको सफल व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले महानगरभित्रका कार्यालय विभिन्न स्थानमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदै प्रविधिको माध्यमबाट घरघरबाट सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताइन् ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी निर्माण आफ्नो मुख्य अभियान रहेको पनि बताइन् ।

कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोलले काठमाडौँको प्रमुखमा कांग्रेसले महिलालाई उम्मेदवार बनाएर देशभरका महिलाको सम्मान गरेको बताए ।

कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्षका उम्मेदवार ख्यामराज तिवारीले ठमेलदेखि नयाँ बसपार्क क्षेत्रको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रह गरेका थिए ।

कांग्रेसले महिलालाई काठमाडौँको प्रमुखको उम्मेदवार बनाएर राम्रो कामको सुरुआत गरेको भन्दै उनले घर व्यवस्थापन गर्ने महिलाले महानगरको कुशल व्यवस्थापन गर्ने दाबी गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : २१ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल