शल्यक्रियाबाट बच्चा निकाल्दाका फाइदा र बेफाइदा | Khabarhub Khabarhub

शल्यक्रियाबाट बच्चा निकाल्दाका फाइदा र बेफाइदा



पछिल्लो समय सिजरियन डेलिभरी अर्थात् शल्यक्रिया गरेर बच्चा जन्माउने चलन बढेको छ । तर किन सिजरियन गरियो भनेर कसैले भनेको छैन । यो त अनुमान मात्र हो । पहिले भन्दा अहिले जनसंख्या बढेको छ । जनसंख्या बढेसँगै गर्भवती महिलाको संख्या पनि बढ्छ । पहिलेको अनुपातमा बच्चा जन्माउने संख्या धेरै भएर पनि सिजरियन गर्नेको संख्या बढिरहेको छ । हामी चिकित्सकहरुलाई थाहा हुन्छ किन सिजरियन गर्नु पर्‍यो भनेर ? अरूले त किन शल्यक्रिया गरेको थाहा पाउँदैनन् । तर डाक्टरको लागी अल्टिमेट योजना भनेको स्वस्थ आमा र बच्चा हो । अलिकति सानो कुरामा पनि भिड गर्ने प्रवृत्ति बढेको छ ।

बच्चा र आमाको स्वास्थ्यमा कम्प्रोमाइज गर्नु पर्‍यो भने रिक्स लिन खोज्दैनौँ र सिजरियन गर्छौँ । बच्चा र आमा स्वस्थ होस् भनेर नै सिजरियन गर्ने हो । सरकारी अस्पतालमा यस्तो केस आउने बित्तिकै इर्मर्जेन्सीमा रिफर गरेर प्राइभेटमा पठाएको पाइन्छ । जहाँ धरै बिरामी भयो त्यहाँ धेरै सिजरियन हुन्छ ।

सिजरियन गराउने आरोप
कोही विवाह गरेको १४-१५ वर्षपछि गर्भवती भएर आउनु हुन्छ । त्यस्तो महिलाहरुलाई नर्मल डेलिभरी गर्दा कुन बेला बेथा लाग्छ कसैलाई थाहा हुँदैन । त्यसैले लामो समयपछि पाएको प्रेगनेन्सीमा कहिले हुन्छ, कसरी हुन्छ भनेर बस्नु भन्दा राम्रोसँग योजना गरेर यो दिनमा अप्रेसन गर्ने भन्दा उनीहरू पनि मानसिक रूपमा तयार हुन्छन् ।

अप्रेसन थिएटर मात्र होइन, नवजात शिशुलाई हेर्ने आइसियु पनि तयार भएको हुन्छ । राम्रो रिजल्टकै लागी हामीले सिजरियन गर्ने हो । किन सिजरियन गर्न थालियो ? नर्मल किन गराएन भनेर गर्भवती र डाक्टरबीच कहिलेकाहीँ ‘मिस–कम्युनिकेसन’ पनि हुन्छ । गर्भवती आफैँले पनि किन भनेर प्रश्न गर्नु हुन्छ।

तर हामीले सिजरियन गर्दा इन्डिकेटर हेरेर मात्र गर्छौ । जस्तै, साल तलतिर छ, बच्चा उल्टो छ, बच्चामा पानीको मात्रा कम छ, बच्चाको मुटुको धड्कन कम भइरहेको छ भने तुरुन्त सिजरियन गर्नु पर्ने हुन्छ । कहिले नर्मल डेलिभरी गर्न आएको महिलाको बच्चाको मुटुको धड्कन कम हुँदै गएको छ, बच्चाले पेट भित्रै दिशा गरेको छ भने इमर्जेन्सी सिजरियन गर्नु पर्ने हुन्छ ।

शल्यक्रियाबाट चार पटकसम्म बच्चा जन्माउन सकिने
हामीले चार पटकसम्म शल्यक्रियाबाट बच्चा जन्माएका छौँ । एक पटक शल्यक्रिया गरेपछि अर्को पटक गर्भवती हुन र बच्चा पाउन समस्या हुँदैन । तर धेरै जनाले एक पटक शल्यक्रिया गरेपछि अर्को पटक बच्चा जन्माउन गाह्रो हुन्छ भनेर नर्मल डेलिभरी गर्छु भन्नुहुन्छ ।

तर सिजरियन गरेर बच्चा निकाल्दा पनि केही फरक पर्दैन । कसैले पहिलो बच्चा शल्यक्रिया गरेर पाउनु भएको छ र लामो समयपछि दोस्रो बच्चा पाउनु भयो भने त्यो नर्मल पनि हुन सक्छ ।

यसलाई भजाइनल डेलिभरीपछि सिजरियन सेक्सन भनिन्छ । कहिलेकाहीँ एक पटक शल्यक्रिया गरेर बच्चा जन्माएको तर अर्को बच्चा नर्मल भएन भने तुरुन्तै सिजरियन गर्नु पर्ने हुन्छ । तर अर्को पटक बच्चा जन्माउन गाह्रो हुन्छ भन्ने हुँदैन ।

शल्यक्रिया कस्तो चिकित्सकले गर्ने ?
कम्पिलिकेसन भन्ने कुरा नर्मल डेलीभरीबाट पनि हुन्छ । आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य के हुन्छ ? भनेर आजै भन्न सकिँदैन ।

एउटा आमालाई शल्यक्रिया गर्न भनेर थिएटरमा लगेपछि कम्तीमा २ वटा डाक्टर, गाइनोकोलोजिस्ट, बेहोस पार्ने डाक्टर, बेहोस पार्ने डाक्टरको असिसटेन्ट, बच्चा रिसिभ गर्ने डाक्टरको आवश्यकता पर्छ ।

शल्यक्रिया गर्दा आमाको दूध नआउने समस्या
शल्यक्रिया गर्दा आमाको पेट चिरेर चार वटा लेयरबाट पाठेघर चिरेर बच्चा निकालेर टाँका लगाएको बेलामा दूध खुवाउनु भन्दा त दुखाई म्यानेजमेन्ट गर्नु जरुरी हुन्छ ।

नर्मल डेलिभरी हुँदा त बच्चा नपाउँदा पेट दुख्ने, बेथा लाग्ने हुन्छ । र, बच्चा पाएपछि त्यति गाह्रो हुँदैन । तर शल्यक्रिया गरेर बच्चा पाउँदा आमालाई ठिक हुन धेरै समय लाग्छ । बेहोस पारिएको हुन्छ । होसमा आउँदै गर्दा दूध खुवाउन मिल्दैन ।

नर्मल डेलिभरीमा बच्चा जन्मँदा साथ आमाको काखमा राखेर दूध खुवाइन्छ । सिजरियन गर्दा दूध खुवाउन ढिलो हुने भएकाले नै दूध कम आउने हो । बच्चाले आमाको दूध मुखभित्र राखे पछि ‘अक्सिटोसिन’ भन्ने हार्मोन उत्पन्न हुन्छ । र, दूध आउने मेकानिज्म बन्छ । दूध कम आउने हामीले बच्चालाई दूध कम चुसाएर हो ।

दूध आएन भने पनि बच्चालाई दूध चुसाइरहनु पर्छ । नर्मल डेलिभरीमा खानेकुरा खान दिइन्छ । जसले गर्दा धेरै दूध आउँछ । सिजरियनमा धेरै खान मिल्दैन । तर डाइट मिलाएर खाँदा एक दुई दिनपछि दूध आउँछ ।

नर्मल र सिजरियन गरेको बच्चामा फरक
एक दुई वटा अध्ययनको अनुसार नर्मल जन्मिएको बच्चाको टाउकोको सेप बन्दै आउने गर्छ । तर सिजरियन गर्दा उनीहरुको लेवरको प्रोसेसबाट जान पाउँदैन । यसले गर्दा छातीमा सिक्रिसियन हुने र टाउको मोल्डिङ नहुने भनिन्छ । तर पछि सबै नर्मल हुँदै जान्छ । यसले बच्चाको विकासमा कुनै असर गर्दैन ।

सिजरियन गर्दा आमा र बच्चामा देखिने जोखिम
सिजरियन गरेपछि नर्मल भन्दा बच्चा र आमाको बोन्डिङ अली ढिलो हुन्छ । यस्तै नर्मल डेलीभरीमा चाँडै हिलिङ हुन्छ । ब्रेस्ट फिडिङ पनि छिटै हुन्छ । तर सिजरियनमा अलि बढी समय लाग्छ ।

सिजरियन गरेपछि ध्यान दिनु पर्ने कुरा
सिजरियन गरेपछि आराम धेरै गर्नुपर्छ भन्ने कुरा गलत हो । जति राम्रोसँग हिँडडुल गर्‍यो । आफ्नो काम आफै गर्‍यो । त्यति छिटै घाउ निको हुन्छ । खानाले घाउ पाक्छ भन्ने हुँदैन । नेपाली खाना एकदमै राम्रो छ ।

यसबाट सुत्केरीलाई सबै पौष्टिक तत्त्व पाइन्छ । आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सिजरियन गरेपछि नर्मल लाइफमा फर्किन ६ हप्ताको समय लाग्छ । त्यति बेलासम्म आराम गर्नु राम्रो हुन्छ ।

(खबरहबका लागि विना न्यौपानेसँगको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ३० बजे

‘वित्त र मौद्रिक नीतिबीच व्यवहारमा तालमेल देखिनुपर्छ’

हामीले बजेटमा लिएका लक्ष्यहरू किन पूरा हुँदैनन् भन्ने सन्दर्भमा अन्तरनिकाय

केदार कार्कीबारे कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु हुन्न

विराटनगर- प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपाधारा

विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै

मुख्यमन्त्री कार्कीको प्रतिक्रिया : हामी सबैको सम्मान गर्छौँ, पहिचानको विपक्षमा छैनौँ

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि आफूले समस्याहरू

निजी लगानीकर्तालाई नेपाल भित्र्याउन नर्वे प्रयासरत छ : राजदूत ड्रामडल 

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन