साउदीमा घाममा काम लगाउन प्रतिबन्ध « Khabarhub

साउदीमा घाममा काम लगाउन प्रतिबन्ध


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानहरूलाई समेट्ने गरी यो प्रतिबन्ध १५ जुनदेखि तीन महिनासम्म जारी रहने छ ।

मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूका कामदारलाई स्वस्थ, सुरक्षित कार्य वातावरण प्रदान गर्न, सूर्यको प्रकाश, गर्मीको तनावबाट हुने कुनै पनि जोखिम र हानिबाट जोगाउन बाध्य पार्ने भएको हो ।

यो निर्णयले विभिन्न पेसागत जोखिमहरूबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकोले यस निर्णयमा उल्लेख गरिएका कुराहरू कार्यान्वयन गर्न रोजगारदाताहरूलाई कामको समय मिलाउन र यस निर्णयमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्न मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिबन्धको समयमा कुनै कानुन उल्लङ्घन भएमा ग्राहक सेवा फोन नम्बर १९९९११ मार्फत सूचित गर्न सबैलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ। श्रम कानुनको धारा २३६ अन्तर्गत दिउँसो काममा प्रतिबन्ध लगाउने सम्बन्धमा नियम उल्लंघन गर्ने कम्पनी तथा प्रतिष्ठानहरूलाई प्रत्येक उल्लङ्घनमा कम्तीमा ३ देखि १० हजार रियालसम्म जरिवाना हुनेछ।

दण्डमा ३० दिनभन्दा बढी अवधिका लागि प्रतिष्ठान बन्द गर्ने, स्थायी रूपमा बन्द गर्ने वा प्रतिष्ठानलाई जरिवाना र बन्द गर्ने दुवै समावेश हुनेछ । गत वर्ष पनि मन्त्रालयको दिउँसो घाममा काम लगाउने सयौँ कम्पनीहरुलाई कारबाही गरेको थियो ।

साउदी ग्याजेटको अनुगमनका अनुसार मध्याह्नको काममा प्रतिबन्ध लगाउने निर्णयबाट मुख्यतया ठेक्का क्षेत्रमा रहेका करिब २७ लाख ४० हजार पुरुष र महिला कामदार लाभान्वित हुनेछन् । साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् भने ती मध्ये ठूलो संख्यामा निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : ३४ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ