साउदीमा घाममा काम लगाउन प्रतिबन्ध « Khabarhub

साउदीमा घाममा काम लगाउन प्रतिबन्ध


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानहरूलाई समेट्ने गरी यो प्रतिबन्ध १५ जुनदेखि तीन महिनासम्म जारी रहने छ ।

मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूका कामदारलाई स्वस्थ, सुरक्षित कार्य वातावरण प्रदान गर्न, सूर्यको प्रकाश, गर्मीको तनावबाट हुने कुनै पनि जोखिम र हानिबाट जोगाउन बाध्य पार्ने भएको हो ।

यो निर्णयले विभिन्न पेसागत जोखिमहरूबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकोले यस निर्णयमा उल्लेख गरिएका कुराहरू कार्यान्वयन गर्न रोजगारदाताहरूलाई कामको समय मिलाउन र यस निर्णयमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्न मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिबन्धको समयमा कुनै कानुन उल्लङ्घन भएमा ग्राहक सेवा फोन नम्बर १९९९११ मार्फत सूचित गर्न सबैलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ। श्रम कानुनको धारा २३६ अन्तर्गत दिउँसो काममा प्रतिबन्ध लगाउने सम्बन्धमा नियम उल्लंघन गर्ने कम्पनी तथा प्रतिष्ठानहरूलाई प्रत्येक उल्लङ्घनमा कम्तीमा ३ देखि १० हजार रियालसम्म जरिवाना हुनेछ।

दण्डमा ३० दिनभन्दा बढी अवधिका लागि प्रतिष्ठान बन्द गर्ने, स्थायी रूपमा बन्द गर्ने वा प्रतिष्ठानलाई जरिवाना र बन्द गर्ने दुवै समावेश हुनेछ । गत वर्ष पनि मन्त्रालयको दिउँसो घाममा काम लगाउने सयौँ कम्पनीहरुलाई कारबाही गरेको थियो ।

साउदी ग्याजेटको अनुगमनका अनुसार मध्याह्नको काममा प्रतिबन्ध लगाउने निर्णयबाट मुख्यतया ठेक्का क्षेत्रमा रहेका करिब २७ लाख ४० हजार पुरुष र महिला कामदार लाभान्वित हुनेछन् । साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् भने ती मध्ये ठूलो संख्यामा निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : ३४ बजे

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक