सप्तरीमा लागू औषधसहित तीन जना पक्राउ « Khabarhub

सप्तरीमा लागू औषधसहित तीन जना पक्राउ


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका प्रकाश यादव र तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का दीपेशकुमार यादव रहेका छन् ।

उनीहरूको साथबाट निट्राभेट ट्याबलेट ५ सय १० पिस, डाइजेलव इन्जेक्सन १ सय एम्पुल, पेनेरागन इन्जेक्सन १ सय एम्पुल तथा बुफ्रेन नोर्फिन १ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई छिन्नमस्ता गाउँपालिका-३ छिन्नमस्ता मन्दिर नजिकैबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : १० बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको