मुस्ताङ जिससमा एमालेको प्यानल निर्विरोध निर्वाचित « Khabarhub

मुस्ताङ जिससमा एमालेको प्यानल निर्विरोध निर्वाचित


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ र कांग्रेसको ३ मत छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ ।

एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ३२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित