क्रोयसिया र फ्रान्सको बराबरीमा रोकिए | Khabarhub Khabarhub

क्रोयसिया र फ्रान्सको बराबरीमा रोकिए


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेसन्स लिगमा सोमबार राति क्रोएसियाले फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो ।

स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगातार दोस्रो हारको संकट टारेका थिए ।

लिग ए ग्रुप वानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा डेनमार्कले अस्ट्रियालाई २-१ ले हरायो । दुई खेलमा डेनमार्कको ६ अंक छ भने दोस्रो स्थानको अस्ट्रियाको तीन अंक छ । तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको क्रोएसियाको समान एक अंक छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ४९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका