अस्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी भेला हुने « Khabarhub

अस्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी भेला हुने


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सक भेला हुने भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको  चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका हुन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन विश्वका एक सयभन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताए ।

एनआरएनए–अस्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

समितिका अध्यक्ष  डा सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ ।

डा सापकोटाको संयोजकत्वमा गठित सो समितिमा डा राजु अधिकारी (अस्ट्रेलिया),  नन्द गुरुङ (अस्ट्रेलिया), डा सुनिल साह (युके), डा बोधराज सुवेदी (पोल्याण्ड), डा शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा सागर पौडेल (नेपाल),  चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा नितेश अर्याल (कतार), डा ओम कुर्मी (युके(, डा अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा लुसुन चालिसे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा शर्मिला गुरुङ (हङकङ), प्रसुना कँडेल (युके), डा पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा अनुज कँडेल (अमेरिका), मनुजा केसी (अस्ट्रेलिया),  अनिशा भण्डारी (नेपाल), डा चिरन्जीबी भट्टराई (अमेरिका), डा उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा सुहेल सापकोटा (नेपाल) र रिना केसी (अष्ट्रेलिया) रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : ३० बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ