बाँके जिससको चुनाव जेठ २७ मा हुने | Khabarhub Khabarhub

बाँके जिससको चुनाव जेठ २७ मा हुने


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ ।

सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । जेठ २५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बाँकेमा आठ पालिकाका १६ प्रमुख र उपप्रमुख मतदाता छन् ।

जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ । कांग्रेसका १२ मतदाता छन् । स्थानीय चुनाव र कार्यपालिका चुनावमा दुवैमा गठबन्धन गरेको कांग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुङ्गो अझै लागेको छैन । समितिमा प्रमुख र उपप्रमुखसहित नौ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ । जिल्लासभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुख पदेन सदस्य हुन्छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : २० बजे

भक्तपुरमा मनाइँदै पञ्चदान पर्व (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीमा भक्तपुरका

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावका कारण  हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले 

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जाका लागि सैन्य कारबाही सुरू

रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्षमा सुरू

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै

नेपालगञ्ज– मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान