बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार सकारात्मक : गृहमन्त्री खाण « Khabarhub

बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार सकारात्मक : गृहमन्त्री खाण


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन् । 

सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए । सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए । 

संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ । उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए । बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै अधिकांश बलात्कारका घटनामा युवाहरू नै संलग्न रहेको पाइएको उनको भनाइ छ । 

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  २ : ३४ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा