साउन १३ मा ‘पानीफोटो’ « Khabarhub

साउन १३ मा ‘पानीफोटो’


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म  ‘पानीफोटो’ ले रिलिज मितिमा परिवर्तन भएको छ । टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् । फिल्म भाद्र १० मा रिलिज हुने भनिएता पनि अब साउन १३ मा रिलिज हुने भएको छ । वितरकहरुको छलफल पश्चात साउनको डेट तय गरिएको निर्माण पक्षले जनाएका छन् । 

स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमाण्डौसँग बर्दिया, रोल्पा र स्याङ्जा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  २ : ५१ बजे

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै

बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण

हुम्लामा ६४.९५ प्रतिशत मतदान

हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान