सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी « Khabarhub

सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोनबास क्षेत्रको सेभेरोडोनेत्स्कलिसिचान्स्क  ‘मृत शहर’ मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रूसी सेनाको हमलाका कारण सेभेरोडोनेत्स्कलिसिचान्स्क  ‘मृत शहर’ मा परिणत भएको  राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोडोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई ‘प्रत्येक अवसर’ भएको बताए ।

सेभेरोडोनेत्स्क डोनबास क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण सहर हो, जहाँ रुसी सेनाले पछिल्ला दिनमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ ।

यसैबीच, विश्व खाद्य संकट निम्त्याएको भन्दै आफ्नो देशलाई दोष दिएपछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठकबाट रुसी का राजदूत बाहिरिएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले रुसले विकासोन्मुख देशविरुद्ध ‘गोप्य मिसाइल’ को रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख