सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी « Khabarhub

सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोनबास क्षेत्रको सेभेरोडोनेत्स्क र लिसिचान्स्क  ‘मृत शहर’ मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रूसी सेनाको हमलाका कारण सेभेरोडोनेत्स्क र लिसिचान्स्क  ‘मृत शहर’ मा परिणत भएको  राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोडोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई ‘प्रत्येक अवसर’ भएको बताए ।

सेभेरोडोनेत्स्क डोनबास क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण सहर हो, जहाँ रुसी सेनाले पछिल्ला दिनमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ ।

यसैबीच, विश्व खाद्य संकट निम्त्याएको भन्दै आफ्नो देशलाई दोष दिएपछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठकबाट रुसी का राजदूत बाहिरिएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले रुसले विकासोन्मुख देशविरुद्ध ‘गोप्य मिसाइल’ को रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको