बंगलादेशमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा « Khabarhub

बंगलादेशमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित कन्टेनर डिपोमा लागेको आगो तीन दिनको प्रयासपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् ।

डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । यसअघि घटनमा ४९ जनाको मृत्यु भएको अधिकारीले जनाएका थिए ।

यद्यपि केही मृतकको दोहोरो गणना भएको भन्दै मृतकको संख्या संशोधन गरी ४१ मा झारिएको अन्तर्राष्टिन्य समाचार संस्था रोयटर्सले जनाएको छ ।

डिपोले सुरक्षा मापदण्डको पालना नगरेको अधिकारीहरूले जनाएका छन् । शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर सामाजिक सञ्जालमा भाइरस भएका ड्रोन फुटेजमा देख्न सकिन्छ ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन । तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारवाही गरिने बताएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ३३ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा