अमेरिकामा कुटिएका नेपाली भन्छन्, ‘ममाथि जे भयो यस विषयमा मैले आवाज उठाउनुपर्छ’ | Khabarhub Khabarhub

अमेरिकामा कुटिएका नेपाली भन्छन्, ‘ममाथि जे भयो यस विषयमा मैले आवाज उठाउनुपर्छ’


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मूलका २५ वर्षे सागर तामाङ अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्याण्ड शहरमा राइड शेयरिङमा काम गर्छन् । सधैँझैँ उनी गत शनिबार पनि करिब एघार बजे काम सकेर फर्किँदै थिए । यसक्रममा उनी त्यहाँ रहेको फक्स थिएटर नजिकैको पसलमा हटडग किन्न पुगे । एक्कासी कसैले उनको टाउकोमा पछाडिबाट हिर्कायो ।

उनी बेहोस भए । उनको अनुहार सुन्नेको थियो भने यत्रतत्र घाउका दागहरु पनि देखिन्थे । उनलाई नजिकैको हाइल्याण्ड हस्पिटलको आकस्मिक विभाग लगियो । त्यहाँ उनलाई पहिलो श्रेणीको चोट लागेको पत्ता लाग्यो ।

उनको आँखा भोलिपल्ट मात्र खुल्यो । आँखा खुल्दा बल्ल सागरले थाहा पाए आफ्ना सबै सामान गायब भएका रहेछन् । उनको फोन, पर्स, जुत्ता, पेन्ट, कोट केही उनको साथमा थिएनन् ।

‘ममाथि जे भयो यस विषयमा मैले आवाज उठाउनुपर्छ, ताकि अर्को पुस्ता वा नेपाली समुदायको अरु कोहीलाई पनि यस्तो भएको खण्डमा अगाडि आउन सकून् ।’ उनलाई उद्धृत गर्दै याहुन्युजले जनाएको छ ।

अर्को महिनासम्म उनी काममा फर्किन सक्नेछैनन् । उनकी साथी बिमला थापाले उनको उपचार खर्चका लागि ‘गोफण्डमी’ बाट पैसा संकलन पनि सुरु गरेकी छिन् । तामाङको उपचारका लागि ३० हजार डलर संकलन गर्ने उद्देश्य लिइएको छ ।

‘यस्ता घृणा फैलाउने अपराध रोकिनु जरुरी छ ।’ थापाले लेखेकी छिन्, ‘एसियाली मूलका मानिसहरुविरुद्ध रंगभेदी अपराधको यो लहरका कारण माएिका, घाइते भएका र प्रभावित भएका सबैप्रति हाम्रो साहानुभूति छ ।’

थापाले आफूहरु लामो समयदेखि सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएको भएपनि केही समयअघि इस्ट बे क्षेत्रमा सरेको बताएकी छिन् । ‘हामी जहाँ बस्छौँ त्यहाँ कुनै डर त्रास बिना सुरक्षित रुपमा बस्न पाउनु हाम्रो अधिकार हो ।’ थापाले लेखेकी छिन् ।

‘हामी एसियाली मूलका भएकै कारण हामी सजिलै लुटिन सक्छौँ, सजिलै कुटिन सक्छौँ, सजिलै प्रभावित हुन्छौँ भन्ने मानिसहरुलाई परेको छ ।’ थापाले एबीसी ७ न्युजलाई भनिन् ।

ओकल्याण्ड प्रहरीका अनुसार सागरमाथि भएको हमला कुनै घृणा फैलाउने उद्देश्यबाट प्रभावित देखिएको छैन । घटनाको अनुसन्धान अघि बढाइएको बताइएको छ ।

‘हामी कुनै भिडियोहरु उपलब्ध छन् की भनेर हेरिरहेका छौँ यसबाहेक हामी मानिसहरुलाई घटनाबारे कुनै सूचना भएको खण्डमा प्रहरीलाई जानकारी दिन पनि प्रोत्साहन गरिरहेका छौँ ।’ ओकल्याण्ड चाइनाटाउन चेम्बर अफ कमर्सका अध्यक्ष कार्ल चानले केटीयूभीलाई भने, ‘हामी उनलाई सहयोग गर्नेमा हामी दृढ छौँ ।’

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : २० बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका