भदौमा फिल्मको भिडभाड | Khabarhub Khabarhub

भदौमा फिल्मको भिडभाड


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्ष २०७९ साल नेपाली फिल्म क्षेत्रले थप संघर्ष गर्नुपर्ने देखिन्छ। केही वर्षयता विदेशी फिल्मले नेपाली फिल्म बजारमा करोडौँको व्यापार गर्न थालेसँगै घरेलु फिल्मले रिलिजका बेला थप जोखिम मोल्नुपर्ने देखिएको हो। पछिल्लो समय विदेशी फिल्मको बढ्दो दबदबाले नेपाली फिल्मको रिलिज क्यालेन्डरमा प्रभाव पार्ने परिरहेको छ। हलिउड र बलिउडसँगै साउथ इन्डियन फिल्मको दबदबाले पनि अब नेपाली फिल्मको क्यालेन्डर हेरफेर गर्न सक्ने भएका छन्। निर्माण सकिएर बसेका फिल्महरूको प्रदर्शन मिति विदेशी फिल्महरूलाई पन्छाएर पनि घोषणा भएका छन्। केही मेकरले भिड्ने आत्मविश्वासका साथ पनि आफ्ना फिल्म पनि सोही मितिमै घोषणा गर्ने गरेका छन्।

यसैले गर्दा पनि हुन् सक्छ यसपटक भदौमा फिल्मको चाप अत्यधिक देखिएको छ । अन्य डेटमा खाली रहेका साताहरु भदौमा भने भरिभराउ छन् । हरेक साता जस्तो नेपाली फिल्म एकआपसमा भिड्ने लगभग तय छ । भदौ पहिलो साता तीन फिल्म प्रदर्शनमा आउदैछन् । कृष्ण लीला , प्रेमगञ्ज र माइकल अधिकारीले भदौको पहिलो साता रोजेका छन् । कृष्णाष्टमीको बिदा सदुपयोग गर्न यो डेटमा तीन फिल्म आएको अनुमान गर्न सकिन्छ । 

प्रेम कथामा आधारित फिल्म ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री बीचको प्रेम देखाइएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाँई लगायतको अभिनय छ। लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामिछानेको कोरियाग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ। फिल्ममा रंग पत्रकार तथा लक्ष्मण सुवेदीको लेख्न रहेको छ।

‘प्रेमगञ्ज’ युनिटले भिडियो मार्फत भदौ ३ गते प्रदर्शनमा आउने घोषणा गरेको हो। परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ। स्पटब्यायका रुपमा लामो समय काम गरेका राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ।

भदौ ३ मै प्रदर्शनमा आउने अर्को फिल्म हो ‘माइकल अधिकारी’ । यो फिल्मको औपचारिक रुपमा रिलिज घोषणा नगरिएता पनि यसले सोही डेट तय गरिसकेको छ । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । सौगात र सृष्टिसँगै यसमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ । 

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका छन् ।यस्तै भदौको दोस्रो साता १० गते पनि तीन फिल्मले रिलिज तय गरेका छन् । प्रकाश र राधाले रिलिज घोषणा गरिसकेका छन् भने यहीँ डेटमा आउने तयारी सम्हालिन्छ कहिले मनले गरिरहेको छ । यसअघि यो डेटमा रहेको अर्को फिल्म ‘पानीफोटो’ साउन १३ मा प्रिपोन्ड भइसकेको छ । अभिनेता प्रदीप खड्का फरक रुपमा प्रस्तुत फिल्म ‘प्रकाश’ को प्रदर्शन घोषणा अन्य फिल्म भन्दा अगाडि गरिएको हो। चकलेटी ब्वाईको रुपमा प्रस्तुत हुँदै आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन्। 

प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन्।दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ। महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीपसँगै दीय मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ। विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बूएलिस कार्कीको संगीत छ।

भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड भएर भाद्र १० मा प्रदर्शनमा हुने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्ममा थिएटर पृष्ठभूमिका कलाकारको बाहुल्य रहेको फिल्मको सार्वजनिक नयाँ पोस्टरमा सृष्टिले बच्चा बोकिरहेकी छिन् । सौगात मल्लसमेत निर्माता रहेको फिल्ममा सौगातबाहेक सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई आदिको अभिनय देख्‍न सकिन्छ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि भदौ १० मा आउने तयारीमा छ । यद्दपी घोषणा हुन् बाँकी छ । फिल्ममा पूजा शर्मा , आकाश श्रेष्ठ , गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरूको अभिनय छ । यो फिल्मबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 

भदौको पहिलो र दोस्रो सातामा देखिएको चाप तेस्रो र चौथो सातामा भने छैन । यो डेटमा फिल्म आउने तय नभएता पनि अन्तिम साता भने राम्रै भिडन्त छ । अन्तिम साता भदौ ३१ मा  झिँगेदाउ , बाबरी र लाखे प्रदर्शनमा आउने घोषणा भइसकेका छन् ।  अघिल्लो साता भदौ २४ खाली भएकाले यी मध्ये कुनै फिल्म २४ मा आउने सम्भावना छ । यद्दपी अहिलेसम्म ३१ मा तय छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ मा मुकुन भुषाल, आँचल शर्मा , केकी अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

डेढ दशकअगाडि व्यवसायिक सफल फिल्म निर्देशकका रुपमा चिनिने ज्ञानेन्द्र केही समय यता भने निर्देशनबाट टाढिएका थिए। तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गरेका छन्। महिला विषयवस्तुमा केन्द्रित फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो। फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत , मित्र डी गुरुङको सम्पादन रहेको छ।

‘बाबरी’ ले पनि भदौ ३१ लाई नै रिलिज तय गरेको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको छ। फिल्ममा अदितिले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन्। फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ। फिल्मको कथा स्वयम् निर्देशक पौडेलले नै लेखेका हुन्। 

भदौ ३१ मै प्रदर्शनमा आउने अर्को मल्टीस्टार कास्ट रहेको फिल्म हो ‘लाखे’ । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा , आर्यन अधिकारी, सुशील सिटौला, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्राकार, संजोक राणा र कालु राना लगायतको अभिनय रहेको छ। सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : ५८ बजे

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु

काठमाडौं– मुलुकका विभिन्न स्थानमा  पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले

वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

वीरगञ्ज – वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको