प्रायद्वीपमा तनाव बढ्दै जाँदा अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त हवाइ अभ्यास « Khabarhub

प्रायद्वीपमा तनाव बढ्दै जाँदा अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त हवाइ अभ्यास


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरियाली प्रायद्वीपमा बढ्दो तनावबीच दक्षिण कोरिया र अमेरिकी सेनाले हवाइ अभ्यास गरेका छन् । हालै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेसँगै उनीहरुले दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका हुन् ।

दक्षिण कोरियाली सेनाले हवाइ प्रदर्शनीमा १६ दक्षिण कोरियाली विमान र एफ ३५ ए स्टिल्थ लडाकु विमानसहित चार अमेरिकी एफ १६ लडाकु जेट समावेश गरिएका बताएका छन् । उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन सैन्य क्षमता प्रदर्शन गरिएको हो ।

यसैबीच अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी दिएको छ ।

उत्तर कोरियाले मुलुकको उत्तरपूर्वी क्षेत्र पुन्ग्गे–रीमा रहेको आणविक परीक्षण केन्द्रमा अर्को आणविक परीक्षण गर्ने तयारी गरिरहेको बताइएको छ ।

सन् २०१७ यता उत्तर कोरियाले अनणविक परीक्षण गरेको छैन । सन् २०१७ को सेप्टेम्बर महिनामा उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्युक्लियर बम परीक्षण गरेको दाबी गरेको थियो ।

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा निन्दा गर्दै आएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुकमा जारी आर्थिक समस्या एवम् कोरोना महामारीका बावजुद आफ्नो क्षेप्यास्त्र परीक्षणको स्तरलाई बढाएको बताइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : ०७ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले