एसियाली खेलकुदको तयारी सुरु | Khabarhub Khabarhub

एसियाली खेलकुदको तयारी सुरु


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गरेका हुन् । उनले बन्द प्रशिक्षण १९ औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताए ।

सदस्य सचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको लागि पनि बजेट पारित भइसकेको उल्लेख गरे । कार्यक्रममा उनले २३ खेलका सम्बन्धित खेल सङ्घका पदाधिकारीलाई खेल सामग्रीसमेत हस्तान्तरण गरे ।

त्यसैगरी खेलाडीका तर्फबाट एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले बन्द प्रशिक्षणले सबै खेलाडीको उत्साह बढेको बताइन् । प्रशिक्षको तर्फबाट भने भारोत्तोलन खेलका प्रशिक्षक राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा ऊर्जा थपिएको उल्लेख गरे ।

पहिलो चरणको प्रशिक्षण यही जेठ २४ गतेदेखि आगामी असार २३ गतेसम्म चल्नेछ । २३ खेलबाट २३० पुरुष र २८४ महिला गरी ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : २० बजे

एसियन कप खेलेर स्वदेश फर्कियो नेपाली टोली 

काठमाडौं– एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय

राष्ट्रपति ट्रम्पको स्वीकृतिसँगै सीआईएले भेनेजुएलाविरुद्ध कारवाही गर्ने

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय

प्रचण्डले भने- अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट

बलिउडकी दिग्गज नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा निधन

काठमाडौं- बलिउडकी वरिष्ठ अभिनेत्री र ख्यातिप्राप्त नृत्याङ्गना मधुमतीको ८७ वर्षको