इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलङ्काली प्रधानमन्त्रीको आह्वान « Khabarhub

इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलङ्काली प्रधानमन्त्रीको आह्वान


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौं- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् ।

संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका हुन् ।

श्रीलङ्काले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

‘आउँदो तीन हप्ता हाम्रो लागि इन्धनको सन्दर्भमा कठिन समय हुनेछ । अतः हामी सबैले इन्धन र ग्यास होसियारीसाथ प्रयोग गर्नुपर्छ… अनावश्यक यात्रा सकेसम्म सीमित गर्नुपर्छ । त्यसैले म सबै नागरिकहरूलाई यसबाट टाढा रहन आग्रह गर्दछु । यस अवधिमा इन्धन र ग्यासको भण्डारण गर्ने बारे सोच्दै छु’ विक्रमासिङ्घेलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘ती कठिन तीन हप्ता पछि हामी थप अवरोध बिना इन्धन र खाना उपलब्ध गराउने प्रयास गर्नेछौं। यो सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको छ ।’ उनले थपे ।

श्रीलङ्का विदेशी मुद्राको अभावका कारण सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा छ जसको कारण औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भएको छ ।

आर्थिक र राजनीतिक उथलपुथलका कारण महिनौंदेखि ठूल्ठूला विरोध प्रदर्शनहरू भइरहेका छन् जसकारण पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षे राजीनामा दिन बाध्य भएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ४९ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ