इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलङ्काली प्रधानमन्त्रीको आह्वान | Khabarhub Khabarhub

इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलङ्काली प्रधानमन्त्रीको आह्वान


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौं- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् ।

संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका हुन् ।

श्रीलङ्काले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

‘आउँदो तीन हप्ता हाम्रो लागि इन्धनको सन्दर्भमा कठिन समय हुनेछ । अतः हामी सबैले इन्धन र ग्यास होसियारीसाथ प्रयोग गर्नुपर्छ… अनावश्यक यात्रा सकेसम्म सीमित गर्नुपर्छ । त्यसैले म सबै नागरिकहरूलाई यसबाट टाढा रहन आग्रह गर्दछु । यस अवधिमा इन्धन र ग्यासको भण्डारण गर्ने बारे सोच्दै छु’ विक्रमासिङ्घेलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘ती कठिन तीन हप्ता पछि हामी थप अवरोध बिना इन्धन र खाना उपलब्ध गराउने प्रयास गर्नेछौं। यो सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको छ ।’ उनले थपे ।

श्रीलङ्का विदेशी मुद्राको अभावका कारण सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा छ जसको कारण औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भएको छ ।

आर्थिक र राजनीतिक उथलपुथलका कारण महिनौंदेखि ठूल्ठूला विरोध प्रदर्शनहरू भइरहेका छन् जसकारण पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षे राजीनामा दिन बाध्य भएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ४९ बजे

सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक