अनुराधाले सुनाइन डिप्रेसनमा जान बाध्य बनाउने परिस्थिति  « Khabarhub

अनुराधाले सुनाइन डिप्रेसनमा जान बाध्य बनाउने परिस्थिति 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिएनएन हिरोबाट सम्मानित समाजसेवी अनुराधा कोइरालाले महिलाहरूलाई आत्मनिर्भर बनाउने काममा सरकार पनि उत्तिकै सक्रिय हुनु पर्ने बताएकी छिन् । चेलीबेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले बेचिएको चेलीलाई फर्काएर समाजमा स्थापित गर्नु पर्ने दायित्व सबैको रहेको बताएकी हुन् । गत आइतबार एक फिल्मको गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूले केही समय यता काठमाण्डौमा देह व्यापारमा रहेकी महिलाहरुको उद्धारमा समेत सक्रियता बढाएको बताएकी हुन् । 

उनले केही समय अगाडि भएको लकडाउन पश्चात देह व्यापारमा संग्लन महिलाहरुलाई खाद्यान्न सहयोग गर्ने क्रममा उनीहरूको समस्यालाई नजिकबाट चिन्ने मौका पाएको बताइन । ‘मैले चेलीलाई बेचिनबाट जोगाउने गरिरहेकी थिए । साथै बेचिएकालाई नेपाल उसको घर फर्काउने काममा सक्रिय छु । तर जो आफ्नो दुई छाक टार्न नै आफ्नो देह व्यापार गरिरहेका छन्, उनीहरुलाई अन्य पेशामा मोड्नु आवश्यक छ’ उनले भनिन् । उनले एक ६७ वर्षीया महिलालाई समेत देह व्यापारमा रहेको देख्दा पीडा भएको सुनाइन । ‘मैले एक जना बढी देखेर उमेर सोधे । उहाँले ६७ भन्नु भयो । अनि उहाँ पनि पेशामा हुनुहुन्छ भने पछि म केही बोल्नै सकिन । त्यस माथि उनले पाउने पैसाले त मलाई डिप्रेसनमा नै लग्यो’ समाजसेवी कोइरालाले भनिन् । उनको अनुसार ती ६७ वर्षीया वृद्धाले एक ग्राहकबाट पाउने पैसा एक कप चियाको मूल्य भन्दा पनि कम छ । 

‘मलाई उहाँले पाउने पैसाले डिप्रेसनमा लग्यो । गरिबीको अभावमा आफ्नो छाक टार्न एक कप चिया भन्दा कम मूल्यमा देह व्यापार गर्न बाध्यतालाई कति पिता होला’ ? उनले भनिन् । उनले यस किसिमको देह व्यापारले एचआइभी र एड्स जस्ता रोग समेत फैलाई रहेको बताइन । ‘मैले देह व्यापारमा रहेका कति महिलाले एचआइभी र एड्स भएपछि खान मेडिसिन बोक्नु भएको थियो । यद्यपि दैनिकी टार्न उहाँहरु पेशा अपनाउन बाध्य हुनुहुन्थ्यो । यसका साथै धेरै जस्तो ग्राहकले शारीरिक सम्पर्क गर्दा कण्डम पनि प्रयोग गर्नु हुन्न रहेछ । यसले सहरमा कति रोग फैलिएको होला?’ उनले भनिन् । 

उनले रेस्क्युसँगै बेचिएका महिला वा देह व्यापारमा गर्न बाध्य महिलालाई सिप दिएर अन्य पेशामा मोड्नको विकल्प नरहेको बताइन । काठमाण्डौले निकै आश गरेको बालेन मेयर पदमा निर्वाचित भएपछि झनै आशावादी भएको उनले सुनाइन । ‘मैले देहव्यापार संलग्न मध्ये झन्डै ७ सय महिलालाई अन्य पेशामा  मोडेकी छु । त्यहाँबाट निकाल्न सकेकी छु । तर, उनीहरुले ठेलामा व्यापार गर्दा महानगरका कर्मचारीले रोक्ने गरेका छन् । केहीको त कमाइ भन्दा बढी नोक्सान गरिदिएका छन् । उनीहरूलाई सहयोग गर्नु पर्छ । अनि मात्र अन्य पेशामा बाच्न सक्छन्’ समाजसेवी कोइरालाले भनिन् । उनले महिलालाई शिप दिए त्यसले समाजलाई नै फाइदा हुनेमा जोड दिइन् । 

साथै , उनले महिलाले भोग्ने पीडालाई फिल्म मार्फत आम दर्शकसम्म पुर्‍याउन समेत आग्रह गरिन् । कार्यक्रममा उपस्थित निर्देशक दिनेश डिसी , निर्देशक नरेश पौड्याल, निर्देशक दीपाश्री निरौला, कलाकारबाट निर्देशक बनेका सरोज खनाल लगायतलाई महिलाको अन्य पाटोको भोगाइलाई फिल्म मार्फत समाजमा ल्याउन आग्रह गरिन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ०७ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको