अनुराधाले सुनाइन डिप्रेसनमा जान बाध्य बनाउने परिस्थिति  « Khabarhub

अनुराधाले सुनाइन डिप्रेसनमा जान बाध्य बनाउने परिस्थिति 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिएनएन हिरोबाट सम्मानित समाजसेवी अनुराधा कोइरालाले महिलाहरूलाई आत्मनिर्भर बनाउने काममा सरकार पनि उत्तिकै सक्रिय हुनु पर्ने बताएकी छिन् । चेलीबेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले बेचिएको चेलीलाई फर्काएर समाजमा स्थापित गर्नु पर्ने दायित्व सबैको रहेको बताएकी हुन् । गत आइतबार एक फिल्मको गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूले केही समय यता काठमाण्डौमा देह व्यापारमा रहेकी महिलाहरुको उद्धारमा समेत सक्रियता बढाएको बताएकी हुन् । 

उनले केही समय अगाडि भएको लकडाउन पश्चात देह व्यापारमा संग्लन महिलाहरुलाई खाद्यान्न सहयोग गर्ने क्रममा उनीहरूको समस्यालाई नजिकबाट चिन्ने मौका पाएको बताइन । ‘मैले चेलीलाई बेचिनबाट जोगाउने गरिरहेकी थिए । साथै बेचिएकालाई नेपाल उसको घर फर्काउने काममा सक्रिय छु । तर जो आफ्नो दुई छाक टार्न नै आफ्नो देह व्यापार गरिरहेका छन्, उनीहरुलाई अन्य पेशामा मोड्नु आवश्यक छ’ उनले भनिन् । उनले एक ६७ वर्षीया महिलालाई समेत देह व्यापारमा रहेको देख्दा पीडा भएको सुनाइन । ‘मैले एक जना बढी देखेर उमेर सोधे । उहाँले ६७ भन्नु भयो । अनि उहाँ पनि पेशामा हुनुहुन्छ भने पछि म केही बोल्नै सकिन । त्यस माथि उनले पाउने पैसाले त मलाई डिप्रेसनमा नै लग्यो’ समाजसेवी कोइरालाले भनिन् । उनको अनुसार ती ६७ वर्षीया वृद्धाले एक ग्राहकबाट पाउने पैसा एक कप चियाको मूल्य भन्दा पनि कम छ । 

‘मलाई उहाँले पाउने पैसाले डिप्रेसनमा लग्यो । गरिबीको अभावमा आफ्नो छाक टार्न एक कप चिया भन्दा कम मूल्यमा देह व्यापार गर्न बाध्यतालाई कति पिता होला’ ? उनले भनिन् । उनले यस किसिमको देह व्यापारले एचआइभी र एड्स जस्ता रोग समेत फैलाई रहेको बताइन । ‘मैले देह व्यापारमा रहेका कति महिलाले एचआइभी र एड्स भएपछि खान मेडिसिन बोक्नु भएको थियो । यद्यपि दैनिकी टार्न उहाँहरु पेशा अपनाउन बाध्य हुनुहुन्थ्यो । यसका साथै धेरै जस्तो ग्राहकले शारीरिक सम्पर्क गर्दा कण्डम पनि प्रयोग गर्नु हुन्न रहेछ । यसले सहरमा कति रोग फैलिएको होला?’ उनले भनिन् । 

उनले रेस्क्युसँगै बेचिएका महिला वा देह व्यापारमा गर्न बाध्य महिलालाई सिप दिएर अन्य पेशामा मोड्नको विकल्प नरहेको बताइन । काठमाण्डौले निकै आश गरेको बालेन मेयर पदमा निर्वाचित भएपछि झनै आशावादी भएको उनले सुनाइन । ‘मैले देहव्यापार संलग्न मध्ये झन्डै ७ सय महिलालाई अन्य पेशामा  मोडेकी छु । त्यहाँबाट निकाल्न सकेकी छु । तर, उनीहरुले ठेलामा व्यापार गर्दा महानगरका कर्मचारीले रोक्ने गरेका छन् । केहीको त कमाइ भन्दा बढी नोक्सान गरिदिएका छन् । उनीहरूलाई सहयोग गर्नु पर्छ । अनि मात्र अन्य पेशामा बाच्न सक्छन्’ समाजसेवी कोइरालाले भनिन् । उनले महिलालाई शिप दिए त्यसले समाजलाई नै फाइदा हुनेमा जोड दिइन् । 

साथै , उनले महिलाले भोग्ने पीडालाई फिल्म मार्फत आम दर्शकसम्म पुर्‍याउन समेत आग्रह गरिन् । कार्यक्रममा उपस्थित निर्देशक दिनेश डिसी , निर्देशक नरेश पौड्याल, निर्देशक दीपाश्री निरौला, कलाकारबाट निर्देशक बनेका सरोज खनाल लगायतलाई महिलाको अन्य पाटोको भोगाइलाई फिल्म मार्फत समाजमा ल्याउन आग्रह गरिन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ०७ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर