तालिबानको शासनमा अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटको सक्रियता बढ्दै « Khabarhub

तालिबानको शासनमा अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटको सक्रियता बढ्दै


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले शासन चलाइरहेको अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहको सक्रियता बढेको खुलासा भएको छ ।

संयुक्त राष्ट्रसंघले प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगानिस्तानमा आतंककारी समूहको सक्रियता बढेको जनाएको हो ।

‘तालिबान र अल कायदाबीचको सम्बन्ध अझै सुमधुर छ ।’ उक्त प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘पछिल्लो विश्लेषणबाट अल कायदाले अफगानिस्तानमा सुरक्षाको प्रत्याभूति गरेको देखिएको छ । अल कायदाका नेता आयमन अल जवाहिरीले गत अगस्टयता अझ धेरै सन्देशहरु जारी गरेका छन् ।’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अल कायदाका १८० देखि ४ सय लडाकु अफगानिस्तानमा सक्रिय रहेको जनाइएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो ।

यता तालिबानको विदेश मन्त्रालयले भने प्रतिवेदनको खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अल कायदासँग नजिकको सम्बन्ध रहेको भन्ने आरोपको खण्डन गरेको अफगानिस्तानको टोलोन्युजले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : १५ बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै