सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको पत्रकार सम्मेलन : मलाई अनावश्यक रुपमा मुछियो « Khabarhub

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको पत्रकार सम्मेलन : मलाई अनावश्यक रुपमा मुछियो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रण लगाएतका विषयमा आफूलाई अनावश्यक रुपमा मुछिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इम्बोस्ड नम्बरका बिषयमा आफूले डिजाईन मात्र गरेको र सार्वजनिक ऐन बमोजिम नै यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढाएको दावी गरे । सो क्रममा टेन्डर गर्दा तीनवटा मध्ये सबैभन्दा सस्तोलाई जिम्मा दिईएको उनले बताए ।

उनले पछिल्लो ५-६ वर्ष यता विभागमा गएर कुनै काम नगरेको तर्क गरे । उनले एमआरपी पासपोर्टमा काम गरेको र अहिलेको इ-पासपोर्टमा कुनै सहभागीता नरहेको बताए । एमआरपी पासपोर्ट अघि बढाउदा पनि निकै सस्तोमा नेपाल भित्राईएको उनले दावी गरे ।

त्यस्तै सेक्युरिटी प्रिन्टीङ प्रेसलाई अघि बढाउनका लागि बनेपामा दुई वटा मेशिन भित्राईएको र आइआरडीको स्टीकर छाप्ने तयारी भइरहेको बताए । उनले यो ३३ अर्वको प्रोजेक्ट भएको र सरकारले अहिलेसम्म निकास नगरेको प्रष्ट पारे । उनले आफु सुरक्षण मुद्रण केन्द्रमा खुल्ला प्रतिष्पर्धाबाट आएको भन्दै अहिले पनि सरकारले कानूनबमोजिम नै आफूलाई नियुक्ती गरेको दावी गरे ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : २० बजे

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार