जोर्डनलाई रोक्ने नेपालको योजना « Khabarhub

जोर्डनलाई रोक्ने नेपालको योजना


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।

एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् ।

‘हामीलाई घेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । भोलिको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने ।

‘हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् भोली के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौं । हामीले जोर्डनलाई रोक्न सक्यौं भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं ।’

हाल नेपाली टोलीमा २३ खेलाडीसहित नौ अफिसियल छन् । छनोटमा नेपालले जेठ २५ गते जोर्डन, २८ गते घरेलु टोली कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

यस्तै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले राम्रो खेल्दै नजिता आफ्नो पक्षमा पार्न हरप्रयास जारी राख्ने बताए ।

नेपाल र जोर्डनबीचको खेल भोलि राति स्थानिय समय अनुसार सवा १० तथा नेपाली समय अनुसार १ बजे हुनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १० : २४ बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त