एनएमबी बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड « Khabarhub

एनएमबी बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबी बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबी ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका बिरुवा रोपेको छ ।

उक्त सामुदायिक वनमा एनएमबीमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुका नाममा विभिन्न प्रजातिका १ सय २५ वटा बिरुवा रोपिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिअनुसार उक्त कार्यक्रममा सामुदायिक बनका अध्यक्ष श्री अर्जुन राज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

वातावरणीय संरक्षण प्रवर्धनका साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ ।

यस योजनामार्फत ग्राहक वर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १० : १६ बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ