चट्याङले इन्टरनेटमा क्षति, इ–पासपोर्ट सेवा अवरुद्ध  « Khabarhub

चट्याङले इन्टरनेटमा क्षति, इ–पासपोर्ट सेवा अवरुद्ध 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – चट्याङका कारण इन्टरनेट स्टेसनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेसनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेसनको क्षतिग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुनः बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा इन्ट्रानेटमार्फत इ–पासपोर्टको कार्य हुँदै आएको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ३० बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको