अर्थमन्त्रीले राजीनामा दिएर उच्च राजनीतिक संस्कार देखाए : अध्यक्ष प्रचण्ड « Khabarhub

अर्थमन्त्रीले राजीनामा दिएर उच्च राजनीतिक संस्कार देखाए : अध्यक्ष प्रचण्ड


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन् ।

राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै उनले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताए। अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे ।

उनले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अथ्र्याउए। “अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टिकरण दिँदै आउनुभएको र बुधबार संसद्मा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ”, अध्यक्ष दाहालले भने।

बजेट निर्माणको अन्तिम दिन अनधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजे पनि उनीहरू परास्त भएको अध्यक्ष दाहालको भनाइ छ । यही असार १९ गते आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोही दिन र सोमबार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  २ : ५१ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई