तिहारमा ‘के घर के डेरा’ रिलिज घोषणा  « Khabarhub

तिहारमा ‘के घर के डेरा’ रिलिज घोषणा 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो तिहारलाई लक्षित गर्दै चौथो  फिल्म ‘ के घर के डेरा’ प्रदर्शन हुने घोषणा भएको छ । सबैभन्दा पहिला यो मितिमा आउने घोषणा गरेको ‘परस्त्री’ लाई अन्य डेटमा सार्दै निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्मको एक कार्यक्रमकै बिच तिहारमा प्रदर्शन घोषणा भएको हो । यो मितिमा ‘२ नम्बरी’ ‘प्रसाद २’, ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शन हुनेछन् ।

सोही कार्यक्रममा निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको सिनेमा ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’ लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी दिइयो ।

घोषणाको समयमा ‘परस्त्री’ को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो सिनेमालाई फागुन १९ मा सारिएको छ ।‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

‘के घर के डेरा’मा विपिन कार्की , दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ ।

सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : ०३ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा