सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह | Khabarhub Khabarhub

सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गरेका छन् ।

जनकपुरधाममा आयोजित गृहमन्त्री (आन्तरिक मामिला) स्तरीय अन्तर प्रदेश भेलामा उनले संविधानप्रदत्त अधिकारहरूको कार्यान्वयनमा सङ्घीय सरकारले आनाकानी गरिरहेको आरोप लगाए। उनले भने, “हामी सबै एकजुट भयौँ भने शान्ति सुरक्षालगायतका अधिकारहरू छिट्टै प्राप्त गर्न सक्छौँ ।”

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, गण्डकी प्रदेशकाका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलक शर्मा, सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावल, मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वातावरण तथा वनमन्त्री सत्रुधन महतोसहितले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : १९ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन