स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन « Khabarhub

स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गरेका छन् । 

मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून, नीति, नियमको अधीनमा रही सम्पादन गर्नेगरी नेपाल सरकार (कार्यसम्पादन) नियमावली को परिच्छेद २ को नियम ५ को उपनियम ९१० बमोजिम राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गरेका हुन्  । 

मन्त्री खापुङले राज्यमन्त्री केसीलाई मन्त्रालय वा अन्तर्गत निकाय वा सोअन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्ण कामको अनुगमन तथा समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पर्नेरगर्ने, विशिष्टीकृत अस्पतालको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने कामको अधिकार प्रत्यायोजन गरेका छन् । 

यस्तै विशिष्टीकृत अस्पतालको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गरेका छन्  । 

मन्त्री खापुङले आवश्यक ठानी पेश गर्न लगाएका काम र राज्यमन्त्री केसी आफूले देखेका विषय पनि पेश गर्न अधिकार प्रत्यायोजन गरेका छन् । खापुङ यसअघि स्वास्थ्यराज्यमन्त्री  रहेका थिए । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : १६ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय