बाढी पहिरोका कारण पाकिस्तानमा १५ जनाको मृत्यु « Khabarhub

बाढी पहिरोका कारण पाकिस्तानमा १५ जनाको मृत्यु


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ ।

देशको बलुचिस्तान र गिल्गिट बाल्टिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

मृत्यु भएकामध्ये १० जनाको बलुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ ।

वर्षाले धेरै घरहरूमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

विस्थापित भएकाहरूका लागि आवश्यक त्रिपाल उपलब्ध गराइएको छ । उनीहरू त्यसैमा बसेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी गिल्गिट बाल्टिस्तानमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये चार महिला रहेका छन् भने एउटा बच्चा रहेका छन् ।

अत्यधिक वर्षाका कारण ती क्षेत्रमा बाढी र पहिरोहरू गएका छन् । ठूलो जनधनको क्षति भएपछि त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ०४ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको